Logo बिहिवार, आश्विन १ गते २०८३
images

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

  • 780
    SHARES

  • गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

    खजुरा,२१ भदौ ।

    बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।

    बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकै रहेको शिव सामुदायिक वन उपभोक्ता समूहको जङ्गलक्षेत्रमा विदेशी पर्यटकलाई घुमाउन लगेको अवस्थामा शुक्रबार बिहान साढे ८ बजेको समयमा गैंडाले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका –९ बर्दियाका ३६ वर्षीय वरिष्ठ नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

    ५६ वर्षीय अमेरिकन नागरिक एमसी लेन्डोन सावनलाई जङ्गलवाकमा घुमाउन लगेको समयमा चौधरीलाई गैंडाले आक्रमण गरेको र घटनास्थलमै उहाँको ज्यान गएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

    उहाँका अनुसार गैंडाको आक्रमणमा परी घाइते हुनुभएका अमेरिकन नागरिक सावनको अहिले ठाकुरबाबार नगर अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

    उहाँहरुका साथमा शिव सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु थेङ्चु थारु रहेको उहाँ भने सकुशल रहनुभएको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २१ २०८१०५:२७:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology