Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्युठानकाका क्षितिज ६ दिनदेखि बेपता,प्रगति गर्न नसकेको गुनासो !

प्युठानकाका क्षितिज ६ दिनदेखि बेपता,प्रगति गर्न नसकेको गुनासो !

  • 1.5K
    SHARES

  • प्युठानकाका क्षितिज ६ दिनदेखि बेपता,प्रगति गर्न नसकेको गुनासो !

    बुटवल ,भदौ १९।

    प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका उनी भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । 

    खोजी कार्य जारी रहे पनि नभेटिंदा परिवार पीडामा तड्पिएका छन् । झिमरुक निवासी रोकाको परिवार अहिले मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठानमा बस्दै आएका छन् । 

    ‘अघिल्लो दिनसम्म बुवाआमासँग र हराउनुको केही समयअघिसम्म भाइसँग फोनमा कुराकानी भएको थियो’, बुवा टुकबहादुर आरसीले भने, ‘पछि फोन गर्दा उठेन । हामी प्यूठान थियौँ । गैडाकोट आएर हेर्दा दुवै फोन कोठामै छाडेर गएछन् ।’ दुई वटा मोबाइल सहित चेक, एटिएम र सवै कपडाहरू कोठामै छाडेर बेपत्ता भएको बुवा आरसीले जानकारी दिए । 

    ‘पोखराकी एक केटीसँग सम्बन्ध भएको भन्ने पनि सुनिएको थियो’, आरसीले भने,‘त्यसबारेमा प्रहरीलाई जानकारी दिएका छौँ । पोखरामा पनि ती केटी बिरामी छन् रे भन्ने सुनेका छौँ ।’ परिवारले छोराको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय गैडाकोटलाई आग्रह गरेका छन् ।

    इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले बेपत्ता प्रहरीलाई खबर हुँदा बित्तिकै खोजी कार्य जारी राखिएको बताए । सम्बन्धमा रहेकी पोखराकी ती युवतीले शितिजको मोबाइलमा किन फोन नउठाएको भन्ने खालका म्यासेजहरु पठाएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । फरेन्सिक ल्याबका लागि क्षितिजको मोबाइल काठमाडौं पठाइएको उनले बताए । 

    ‘मैले प्रगति गर्न सकिनँ, पढ्न सकिनँ जस्ता कुरासहितको दश पाना लेखेर कोठामा छाडेका रहेछन्’, प्रहरी निरीक्षक सुनारले भने,‘सबै क्षेत्रमा खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र १९ २०८११०:१८:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology