Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बांकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु,सात बिरामी

बांकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु,सात बिरामी

  • 894
    SHARES

  • बांकेको नरैनापुरमा झाडापखालाबाट  चार जनाको मृत्यु,सात बिरामी

    बांके,भदौ १७ ।

    बांकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट ४ जनाको मृत्यु हुनुका साथै सातजना बिरामी परेका  नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले बताए ।

    झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको मिश्राले जानकारी दिए ।

    भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले पुष्टी गरे । झाडापखाला फैलिएको जानकारी पछि आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार शुरु गरेको शाहले बताए ।

    झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology