Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाजको तीज मिलन

गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाजको तीज मिलन

  • 960
    SHARES

  • गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाजको तीज मिलन

    बुटवल,भदौ १६ ।

    गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। शनिबार तिलोत्तमाको बनबाटिका आयोजित कार्यक्रममा गुल्मी जिल्लाको सत्यवती गाउपालिका वडा न.७  हाल रुपन्देहीमा बसोबास गर्नेहरुको सहभागीतामा दिनभर नाचगान  गरिएको  थियो ।

    संस्थाका सल्लाहकार डाक्टर डिबि खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाले तीजले चेलीबेटी र  दाजुभाइ बिचमा आपसी सदभावको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

    यस्ता कार्यक्रमले पहाड र तराइलाई आपसमा जोड्ने काम गरेको बताउदै आपसी भेटघाट तथा सम्बन्ध सुमधुर बनाउने बताउनुभयो ।सो कार्यक्रममा आजिवन तथा नव आगन्तुक सदस्यलाई सम्मान गरिएको थियो ।

    उपाध्यक्ष सुरेश थापाको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय संस्थापक अध्यक्ष खड्क बहादुर शाही,चिदिपानी तिलोत्तमा समाज तथा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराई,सल्लाहकार गुरुप्रसाद भुसाल,सहसचिव एंव कार्यक्रम संयोजक  पुष्पा खत्री,कोषाध्यक्ष ओमप्रकाश भण्डारी,संस्थाका सदस्य  छब  बहादुर भण्डारी लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology