Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गरौँ : अर्थमन्त्री विष्णु पौडेल

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गरौँ : अर्थमन्त्री विष्णु पौडेल

  • 1.1K
    SHARES

  • विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गरौँ : अर्थमन्त्री विष्णु पौडेल

    बुटवल,भदौ १५ ।

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्ने बताए ।

    ६ अर्व १८ करोड लागतको यो आयोजना समयमै सक्न निर्देशन दिंदै उनले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे । पाँच वर्षमा निर्माण सक्ने सम्झौता भएपनि तीन वर्षमा सक्नेगरी काम गर्ने निर्माण कम्पनीले बताएपछि पौडेलले बोलेर होइन, गरेर देखाउन आग्रह गरे । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उनले भने । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गरे ।

    यो आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट पनि निगरानी गर्नुपर्ने पौडेलले बताए । उनले अस्पतालको यो भवन लुम्बिनी प्रदेशमा अगाडि बढेका अन्य आयोजनाहरु मध्ये महत्वपूर्ण हुने पनि बताए । “भवन मात्र निर्माण गरेर हुँदैन, त्यसको प्रभावकारी व्यवस्थापन पनि जरुरी हुन्छ, यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ”–उनले भने, “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।”hospital silayas.jpg

    १२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसावले सुविधासम्पन्न अस्पताल जरुरी रहेको बताए ।  रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमूना बनाउन चाहेको बताए । “रुपन्देहीलाई विकासमा नमूना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौं”–उनले भने ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । “यो आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन दिंदैन”–उनले भने । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने सभामुख घर्तीको भनाई छ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताए ।लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।

    लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।

    भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology