बुटवल,भदाै १५ ।
दीप बोर्डिङ हाई स्कुल बुटवलमा तीज गित तथा प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने तथा विद्यार्थीहरुलाई साँस्कृतीक महत्वका बारेमा जानकारी दिने उद्देश्यले विद्यालयले सदनात्मक रुपमा तीज गित प्रतियोगिता गरेको हो ।
जुनियर, सिनीय र मावि तहका विद्यार्थीहरुलाई सहभागि बनाएर विद्यालयले तीज गित कार्यक्रम गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका उपप्राचार्य ज्ञानु थापाले तीजको साँस्कृतिक महत्वका बारेमा स्कुले विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले विद्यालयका तीज गित प्रतियोगिता गरिएको बताउनुभयो ।
विद्यालयका उपप्राचार्य सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य कलाधर अर्याल, विद्यालय संचालक समिति सदस्य बसन्त कुमार जोशि, प्लस टु संयोजक कमल नेपाल, अमर खत्री, शिक्षक डोल कुमारी थापा, कार्यक्रम संयोजक सरिता सोतीलगायतले तीजको सास्कृति महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।
शिक्षक लक्ष्मी थापाको संचालनमा भएको कार्यक्रममा सहभागि भएका १६ समुह मध्ये जुनियरतर्फ कञ्चनजंघा प्रथम, अन्नपुर्ण द्वितीय र माछापुच्छे सदन तृतीय भए । यस्तै सिनियरतर्फ माछापुच्छ्रे्र« ए प्रथम, सगरमाथा ए द्वितीय र माछापुच्छ«े बि तृतीय भएका हुन् । तीजकै अवसर पारेर ११ र १२ कक्षाको विहानी र दिवाकालीन समयका विद्यार्थीहरुले पनि तीजका साँस्कृतिक गीतहरु प्रस्तुत गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)