Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा बिद्यार्थीलाइ ट्राफिक सचेतना सिकाउंदै सुरक्षित यात्रा नेपाल

बुटवलमा बिद्यार्थीलाइ ट्राफिक सचेतना सिकाउंदै सुरक्षित यात्रा नेपाल

  • 1.8K
    SHARES

  • बुटवलमा बिद्यार्थीलाइ ट्राफिक सचेतना  सिकाउंदै सुरक्षित यात्रा नेपाल

    बुटवल,भदौ १५ ।

    दुर्घटना न्यूनीकरण गर्ने उद्वश्यले बुटवलमा विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो

    दुर्घटना न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा विद्यार्थीका लागि प्रशिक्षण आयोजना गरिएको हो ।

    शुक्रबार आयोजित सचेतना कार्यक्रममा बुटवलको स्कलर्स होम बोर्डिङ स्कुलका विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइएको हो । विद्यार्थीलाई ट्राफिक नियमबारे ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामबहादुर खत्री र प्रहरी निरिक्षक शोभा पाण्डेयले प्रशिक्षण दिनुभएको थियो ।सडक दुर्घटना न्यूनीकरणका लागि सबै विद्यार्थीले ट्राफिक नियम पढ्नु पर्ने बताउनुभयो । ट्राफिक नियमबारे सबै विद्यार्थीलाई जानकार गराउनु पर्ने र दुर्घटना न्यूकरणका लागि सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बढ्दो दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरी र अन्य सबै सरोकारवाला निकायसंग सहकार्य गरेर काम गर्ने बताउनुभयो । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले ट्राफिक नियम पालना गर्नुपर्ने बताउंदै बुटवल उपमहानरपालिका दुर्घटना न्यूनीकरणका विषयमा गम्भीर छ भन्नुभयो ।

    कार्यक्रममा सुरक्षित यात्रा नेपालका उपाध्यक्ष प्रकाश गैरे, कानुनी सल्लाहाकार महेन्द्र पाण्डेय, कार्यक्रम संयोजक दीपक ढकाल, स्कलर्स होम बोर्डिङ स्कुलका प्राचार्य टिकाराम गौतम लगायतले बोल्दै दुर्घटनाका घटनाहरु बढ्दै जांदा ठूलो मानवीय र भौक्षिक क्षती भएकाले दुर्घटना न्यूकरण गर्नुको विकल्प नभएको बताउनुभयो ।IMG_5502.jpeg

    सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको अध्यक्षता र महासचिव प्रकाश नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    प्रयोगात्मक सेसन भने योगिकुटि र ड्राईभरटोल चोकमा गरिएको थियो ।IMG_5510.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र १४ २०८११०:१४:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology