बुटवल,भदौ १२ ।
रूरू मिलन केन्द्र नेपालको बार्षिक साधारणसभा,तेस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष रमा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्जुला श्रेष्ठले समाज रूपान्तरणका लागि रूरू एकता भन्ने मुल नारालाइ ब्यबहारमै उतारेर अघि बढेकोमा संस्थाको प्रशंसा गर्नुभयो ।
केन्द्रका संस्थापक अध्यक्ष राधा ज्ञवालीले केन्द्रलाइ फराकिलो र दीगो बनाउनुपर्ने बताउनुभयो । उहाले एकआपसमा मिलेमतो गरेर पवित्र काम गर्नका लागि संस्था स्थापना गरिएको बताउनुभयो । सो अवसरमा सल्लाहकार कृष्ण प्रसाद पौडेल ,प्रेस सल्लाहकार कपिल ज्ञवाली ,कोषाध्यक्ष कुसुम पौडेल लगायतले बोल्दै रूरू मिलन केन्द्रलाइ अझै बलियो बनाउनका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रमको संचालन सचिव अनुपमा श्रेष्ठ र स्वागत सहसचिव सन्जु शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागिले दिदिबहिनिले दिनभर नाचगान गरेर रमाइलो गरेका थिए ।
हाल १ लाख ४९ हजार रूपैया बैंकमा मौज्दात रहेको कोषाध्यक्ष कुसुम पौडेलले जानकारी दिनुभयो ।कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो । अधिवेशनबाट केन्द्रको अध्यक्षमा राधा ज्ञवाली चयन हुनुभएको छ ।उपाध्यक्षमा अनुपमा श्रेष्ठ तथा सचिवमा देवि पाण्डे चयन हुनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)