बुटवल,भदौ ११ ।
पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ । पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैँचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । पैँचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले चाडपर्वलाई उत्सव र खुसियाली बनाउने उद्देश्यसहित चाडपर्व अफर ल्याइएको जानकारी दिनुभयो ।
पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेसिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिने जनाइएको छ।
यस्तै, पाँचौ उपहार १ हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई र छैठौं उपहार पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो।उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ।
उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट २ हजार ५ सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन्। यस्तै, १ हजार रूपैयाँको तरकारी तथा फलफूल खरिद गर्दा, १ हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सय रूपैयाँको बीउबिजन खरिद गर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
उपहार योजना भदौ १० गतेदेखि पुस १० गतेसम्म लागु हुनेछ। पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने सिइयो केशव न्याैपानेले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)