Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा मन्त्री कार्कीलाई सम्मान तथा तीज मिलन

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा मन्त्री कार्कीलाई सम्मान तथा तीज मिलन

  • 2.9K
    SHARES

  • गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा मन्त्री कार्कीलाई सम्मान तथा तीज मिलन

    बुटवल,भदौ ९ ।

    गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले लुम्बिनी प्रदेशका मन्त्री धनेन्द्र कार्कीलाई सम्मान गरेको छ ।

    गुल्मी चारपालाबाट रूपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरूको साझा संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले आयोजना गरेको तिज मिलन तथा दरखाने कार्यक्रमको अवसरमा मन्त्री कार्कीलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो ।

    गुल्मीबाट निर्वाचित कार्की वर्तमान गठबन्धन सरकारमा लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजन मन्त्री हुनुहुन्छ । समाजले हिन्दुधर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदानसँगै तिज मिलन तथा दरखाने कार्यक्रमको आयोजना समेत गर्दै आएको अध्यक्ष खत्रीले बताउनुभयो ।

    त्यस अवसरमा गुल्मीदरबार गाउँपालिका- ६ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका ११ बस्ने कौशिला रानालाई पाँच हजार सहयोग समेत गरिएको उहाँले जानकारी दिनुभयो ।संस्थाकि अध्यक्ष उषा खत्रीको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

    भने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सल्लाहकार हुमानाथ ज्ञवाली, हेमलाल शर्मा भुसालको आतिथ्यता रहेको थियो । त्यस अवसरमा राष्ट्रिय कलाकार नारायण बिपि परियार, गायिका कल्पना कुसुमको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम संयोजक ढक बहादुर टण्डन रहनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology