Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारले लगानीको वातावरण निर्माण गर्छ,लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य

सरकारले लगानीको वातावरण निर्माण गर्छ,लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य

  • 1.1K
    SHARES

  • सरकारले लगानीको वातावरण निर्माण गर्छ,लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य

    देउखुरी,भदौ ९ ।

    लुम्बिनी  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताउनुभएको छ। 

    एनआरएन एनसीसी अमिरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउदै स्वदेशी तथा विदेशी दातृ निकायलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो।

    उहाँले भन्नुभयो, ‘’सरकारले लगानीको वातावरण बनाउछ। यहाँहरुले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ।’’ मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण रहेको भन्दै लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो। 

    लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्वसामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। १२ जिल्लामा घुम्नका लागि पर्यटनलाई आकर्षित  समग्र पर्यटकीय सर्किटलाई पर्यटकमाझ पुर्‍याउने बारेमा सरकारले योजना बनाउने उहाँको भनाइ थियो। 

    लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइँ लम्ब्याउने गरी सरकारी र निजी क्षेत्रबाट योजना बनाउनुपर्ने, लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाई सँगै लग्नुपर्ने बारेमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology