बुटवल,भदौ ८।
मिरा ट्रष्ट (कोष) तिलोत्तमा ३ ले लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीलाइ बधाई तथा सम्मान प्रदान गरेको छ ।
बुटवलमा एक कार्यक्मका बिच प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री धनेन्द्र कार्की र स्वास्थ मन्त्री खेमबहादुर सारुलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष हेमलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै अर्थमन्त्री धनेन्द्र कार्कीले सामाजिक काममा मिरा कोषको उल्लेखनीय योगदान रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री खेम सारुले कोषले सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा अतिथीहरु तिलोत्तमा वडा न ३ वडा अध्यक्ष कल्याण पौडेल, ११ वडा अध्यक्ष- विष्णु बराल, कोषका संरक्षक मिरा शर्मा, समाजसेवि जंग बहादुर शाह, चारपाला-रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्री लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन कोषका महासचिव रामचन्द्र पौडेलले गर्नुभएको थियो।
कोषले सामाजिक कामलाइ सधै अगाडि बढाइरहेको कोषका अध्यक्ष शर्माले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)