बुटवल,भदौ ८ ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
छत्रगन्ज घर माइत तथा मामाघर भै रूपन्देही तथा आसपासमा स्थाई तथा अस्थाई रूपमा बसोबास गरिरहनुभएका ६५० को उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।
छत्रदेब ५ का वार्ड अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिहरूको उपस्थितिमा जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्यता नवीकरण सोही कार्यक्रम गरिएको थियो ।
ज्येष्ठ नागरिक सदस्यता यसरी घरमै आएर गरिदिएको र विगतमा जस्तो छत्रगञ्ज जान नपरेकोले सोको व्यवस्था सम्पर्क समाजले मिलाएकोमा बृद्ध आमाबुबा समाजप्रति अत्यन्त हर्षित देखिन्थे । छत्रगञ्जमा गाइने मौलिक तीज गीत सहित उक्त कार्यक्रममा छत्रदेव गाउपालिका ५ नं. वडा कार्यालयका अध्यक्ष बालकृष्ण पोखरेलको प्रमुख आतिथ्यता तथा अन्य जनप्रतिनिधिको आतिथ्यतामा सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा सचिव बिराट पौडेलको सञ्चालन एवम् बन्दना पाण्डे, अनिता आचार्य तथा गीता रानाको संयाजनमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)