बुटवल,भदौ ८ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा केहिबेर अगाडी सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार नविन भण्डारीले जानकारी दिए ।
पहिरो पन्छाएर सडक सुचारु गर्न करिब ४ घण्टा लाग्ने भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)