बुटवल,भदौ ८ ।
इनरह्वील क्लव अफ मिडटाउन बुटवलले महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम गरेको छ । तिज पर्वलाई सरल र सभ्य बनाउने उदेश्यले सो तिज मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन आई डब्लु आशा श्रेष्ठले तिजलाई सभ्य तरिकाले मनाउनु हामी सबैको दायित्व भएको बताइन् ।
उनले तिजलाई महंगो नबनाई सबैजना चेलीबेटीसँग भेटघाट गर्ने र खुसीसाथ मिठोमसिनो खाने गरी मनाउन आग्रह गरिन् । इनरह्वील क्लव अफ मिडटाउन बुटवलकका पूर्व अध्यक्ष आई डब्लु कला केसीले घरपरिवार समाल्दै बाहिर पनि नेतृत्व तहमा पुगेको बताइन् ।
कार्यक्रममा इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष आई डब्लु सम्झना ज्ञवालीले तिजलाई सहज तरिकाले मनाउनु पर्ने बताइन् । बुटवल उपमहानगरपालिका वाड नम्बर ८ का वाड सदस्य आई डब्लु सविता सुनारले तिज हिन्दु नारीहरूको विशेष पर्व भएकाले सबै कुरा बिर्सेर दिल खोलेर रमाउनु पर्ने बताइन् ।
कार्यक्रममा नयाँ सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो भने सबै सदस्य तथा पूर्व अध्यक्षहरूलाई अध्यक्ष आई डब्लु राधिका देवी रिजालले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रम संयोजक पूर्व अध्यक्ष आई डब्लु प्रभा अर्यालले तिजमा फुर्सद मिलाएर भेटघाट गरी रमाइलो गर्नुपर्ने बताइन् ।
कार्यक्रममा पूर्व अध्यक्षहरू , सल्लाहकारहरू , क्लवका सदस्यहरूको उपस्थिति रहेको थियोे । अध्यक्ष राधिका देवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा आई डब्लु सुशीला पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)