Logo बिहिवार, आश्विन १ गते २०८३
images

२० औँ स्थापना दिवसमा तीज मिलन

२० औँ स्थापना दिवसमा तीज मिलन

  • 867
    SHARES

  • २० औँ स्थापना दिवसमा तीज मिलन

    बुटवल,भदौ ८ ।

    रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको २० औँ स्थापना दिवसको अवसरमा अन्तिम दिन तीज मिलन कार्यक्रम गरिएको छ ।

    संघका अध्यक्ष कमल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा तीजको दर खाने तथा रमाईलो नाचगान गरिएको थियो ।तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन नन्दिनी गौशालामा गौआहार तथा खाद्यान्न फलफूल वितरण कार्यक्रम र दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भईसकेको अध्यक्ष पोखरेले जानकारी दिए ।

    जेष्ठ नागरिक केशरा देवी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका निवर्तमा अध्यक्ष लक्ष्मण पोखरेल, टेकनारायण ज्ञवाली, जयन्ता ज्ञवाली, श्यामकला ज्ञवाली, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, उपाध्यक्ष बलराम पौडेल, सचिव केशरराज कंडेल, कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ लगायतले हिन्दु नेपाली महिलाहरुको तीज पर्वको अवसरमा शुभकामना ब्यक्त गरेको कार्यक्रम संयोजक नमकला बेल्बासेले जानकारी दिईन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology