बुटवल,भदौ ८ ।
नर बहादुर कार्कीको अध्यक्षता नेपाल भुत पुर्व सैनिक संघ तिलोत्तमा नगरपालिकाको दोश्रो कार्य समितिको चयन भएको छ ।पार्टी नेतृत्वको निर्णय बाट भातृ संगठनहरु विघटन भएपछि तिलोत्तमा नगरले गोपाल थापाको अध्यक्षतामा आयोजक समिति गठन गरेर आज चार बर्षका लागी नया कार्यसमिति चयन गरेको हो ।
तिलोत्तमाको ड्राइभर टोलमा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य गंगा शाहिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा कार्किको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति चयन भएको हो । जसको सचिवमा क्याप्टेन लाल बहादुर कार्कि ,कोषाध्यक्षमा कृष्ण बहादुर कार्कि सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।
कार्यक्रममा प्रमुख अथिति गंगा शाहि ,बिशिस्ट अथिति तिलोत्तमा नगरपालिका नगर प्रमुख तथा नेपाली काङ्ग्रेस रुपन्देहीका पार्टी सभापति रामकृष्ण खाँण र अथिति नेपाली काङ्ग्रेस क्षेत्र नम्बर तिनका सभापति प्रजापल गिरी तथा शिक्षा विद टेक बहादुर थापा लगायतका बक्ताले नेपाल भुतपुर्व सैनिक संघले बिगतमा पार्टीमा पुर्याएको योगदान र आज पनि यसको आवश्यकता बारे चर्चा गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)