काठमाडौं,भदौ ७ ।
तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीनजिकै पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो।बसका भारतको गोरखपुरबाट आएको हो ।
उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।
यात्रुहरूको नामावली :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)