Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी

  • 1.1K
    SHARES

  • प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी

    काठमाडौँ, भदौ ६ ।

    सर्वोच्च अदालतमा नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सुनुवाइ जारी छ ।बुधबार प्रहरीमा ३० वर्षे सेवा अवघि हटाउन माग गर्दै वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

    बिहीबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइ दायर भएको रिटमा प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको छ ।

    नेपाल प्रहरीमा ९० जना अधिकारी यही भदौ १५ गतेदेखि ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण अवकाशमा जानुपर्ने भएपछि उहाँहरुले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology