Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल नियमित रक्तदाता संघद्वारा स्थापना दिवसमा बृक्षरोपण

नेपाल नियमित रक्तदाता संघद्वारा स्थापना दिवसमा बृक्षरोपण

  • 1.4K
    SHARES

  • नेपाल नियमित रक्तदाता संघद्वारा स्थापना दिवसमा बृक्षरोपण

    बुटवल,भदौ ५ ।

    नेपाल नियमित रक्तदाता संघको स्थापना दिवसमा बृक्षरोपण गरिएको छ । संघको बिसौं स्थापना दिवसको अवसरमा बुटवलको डिभिजन सडक कार्यालयसंगै रहेको संघको केन्द्रीय कार्यालय परिषरमा बृक्षरोपण गरिएको हो ।

    बुटवल रक्तदाता बगैचाको अवधारणा अनुसार कार्यालय परिषरमा विभिन्न प्रजातीका फलफूलका बिरुवा रोपिएको संघका अध्यक्ष दयाबहादुर सिलवालले बताउनु भयो ।

    कार्यालय परिषरमा निर्माण गर्न लागिएको उक्त बगैचामा धुपि, कल्की, क्यानवेरी, स्वामी, सयपत्री, लालुपाते, अमला लगायतका ३५ वटा फलफूलका बिरुवा रोपिएको कार्यक्रम संयोजक संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयो ।
    स्थापना दिवसकै अवसरमा साँझ दीप प्रज्वलन गरिने संघका महासचिव दीपक अधिकारीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology