Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अविरल वर्षासंगै खसेको पहिरोलेका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासंगै खसेको पहिरोलेका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

  • 1.3K
    SHARES

  • अविरल वर्षासंगै खसेको पहिरोलेका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

    स्याङ्जा,भदौ ५।

    अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

    बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् ।

    यसअघि मङ्गलबार साँझ गल्याङमा सडकमा रुख ढलेर अवरुद्ध भएको सडक दुई तर्फ सूचारु भइसकेको श्रेष्ठको भनाइ छ ।
    यसैबिच अविरल वर्षाका कारण जिल्लाका प्राय सवै गामीण सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology