बुटवल, पुस २४-
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीमा उल्टो जुलुस निकालेको छ ।माइतीघरमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताहरू उल्टो हिँडेर बानेश्वरतर्फ जुलुससहित प्रस्थान गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिशमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री तथा राष्ट्रपतिको उक्त कदमको विरोधमा कांग्रेस भ्रातृ संगठन नेविसंघले यसअघि पनि प्रदर्शन गरिसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)