Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोहलपुर–सुर्खेत राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना हुँदा ३३ जना घाइते

कोहलपुर–सुर्खेत राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना हुँदा ३३ जना घाइते

  • 1.5K
    SHARES

  • कोहलपुर–सुर्खेत राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना हुँदा ३३ जना घाइते

    सुर्खेत,भदाै ३ ।

    कोहलपुर–सुर्खेत अन्तर्गत रत्न राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् । सोमबार दिउँसो फरक–फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् ।

    दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२, को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । 

    उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।

    यस्तै दिउँसो ३ः२० बजे भेरीगंगा नगरपालिका–५ एमाले मोड (बबइको छेउ) मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किएको विश्वकर्माले बताए ।

    उक्त गाडी दुर्घटनामा २१ जना घाइते भएका उनले बताए ।  एमाले मोडमा भएको दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology