बुटवल,भदौ २ ।
अक्सफोर्ड माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन्।
कक्षा १२ कि भावना थापा र एलिना थापाको अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेविअर्यालको प्रमुख आतिथ्यतामा स्वागत तथा तिज पुनर्मिलन कार्यक्रम भएको हो ।
कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई टिका तथा खादालगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुखसावित्रादेवी अर्यालले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथाप्राध्यापकहरुलाई धन्यवाद व्यक्त गरिन ।
अर्यालले बुटवलनगर शिक्षाको हव भएको हुदा काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन समेतआग्रह गर्नुका साथै बुटवल सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्वरहेको बताइन।
स्वागत तथा तीज पुनर्मिलन कार्यक्रममा बाेल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका परीक्षा शाखा प्रमुख बाबुराम भण्डारीलेअक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूकोरोजाइमा परेको बताए ।
अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली ,विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,विद्यालयका प्राचार्यदिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, स्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे ,शिक्षा अधिकृत यादव विष्ट,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षविश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही नगद रू दस हजार र तीन हजारले सम्मान समेतगरिएको थियोे ।स्वागत कार्यक्रममा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकारअस्मिता अधिकारीको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत मन्तव्य तथाविद्यार्थीहरू स्तुति पाैडेल,सर्लेट भुसाल,अन्जली खरेल र करिष्मा बेल्बासेको संञ्चालनमा सम्पन्न भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)