Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा शान्ति समाजको प्रर्दशन,बंगलादेशमा हिंसा अन्त्य र सद्भाव कायमको अपिल

बुटवलमा शान्ति समाजको प्रर्दशन,बंगलादेशमा हिंसा अन्त्य र सद्भाव कायमको अपिल

  • 1.4K
    SHARES

  • बुटवलमा शान्ति समाजको प्रर्दशन,बंगलादेशमा हिंसा अन्त्य र सद्भाव कायमको अपिल

    बुटवल,भदौ २ ।

    बंगलादेशमा हिंसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरिएको छ । बुटवलको पुष्पलाल पार्कमा प्ले कार्ड प्रदर्शन गरेको हो ।

    बंगलादेशमा भएका मानव अधिकार उलंघनका घटनामा निश्पक्ष छानबिन गरि दोषीको कारवाहीको माग गरिएको हो ।कार्यक्रममा सहभागीहरुले शान्ति र सद्भाव कायम गर, अल्संख्यक समुदायमाथि अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर भन्ने नारासहित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

    कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले बंगलादेशमा राजनीतिक परिर्वतनपछिको समयमा मानव अधिकार हननका धेरै घटनाहरु सार्वजनिक भैरहेको दाबी गरे । ‘युवा र प्रहरी दुबैतर्फबाट ठुलो संख्यामा हताहत भएको छ ।’- उनले भने । प्रधानमन्त्री मोहमद युनुशबाट अबको जिम्मेवारी पुरा हुने र बंगलादेशमा शान्ति कायम हुने आशा ब्यक्त गरे ।santi-samaj.jpeg

    अन्तराष्ट्रिय तथ्यांकमा आधारित भएर समाजबाट अभियानको थालनी भएको तर्क दिदै उनले अल्पसंख्यक समुदायमाथि आक्रमण बन्द गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेलले विश्वभर नै हुने अहिसा रोकिनुपर्ने भन्दै बंगलादेशको घटनासंगै कलकत्तामा एउटा चिकित्सकमाथि भएको दुखद घटनाको समेत छानबिन हुनुपर्ने बताए । 

    कार्यक्रममा समाज, रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराई कृष्णले बगलादेशमा घटेको घटनाबाट विश्व मानव समुदाय नै दुखित भएको भन्दै यसबाट पाठ सिकेर आगामी दिनमा अन्य राष्ट्रहरु सचेत हुनुपर्ने बताए ।

    कार्यक्रममा रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, शाखा सचिव कृष्ण पाण्डेले लोकतन्त्र, मानव अधिकार र अहिसाको पक्षमा आवाज उठाउनु सचेत मानव समुदायको दायित्व भएको भन्दै समाज निरन्तर खबरदारी गर्ने बताए ।santi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology