Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

दीपमा अङ्ग्रेजी, संस्कृत र नेपाली लोकछन्दमा कविता लेखन कार्यशाला

दीपमा अङ्ग्रेजी, संस्कृत र नेपाली लोकछन्दमा कविता लेखन कार्यशाला

  • 840
    SHARES

  • दीपमा अङ्ग्रेजी, संस्कृत र नेपाली लोकछन्दमा कविता लेखन कार्यशाला

    बुटवल,भदौ २ ।

    बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी, संस्कृत र नेपाली लोकछन्दमा कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न भएको छ ।

    प्रगतिशील लेखक सङ्घ रूपन्देहीद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौरासी वर्षीय वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराईले जनआन्दोलन र सङ्घर्षका कारण देशको शासन सत्तामा परिवर्तन आए पनि नेतृत्वका प्रवृत्तिमा परिवर्तन नआएकाले देश समृद्ध तुल्याउन विद्यार्थी वर्ग सचेत बन्नुपर्नेमा जोड दिए ।

    कवि भट्टराईले काला सर्प मारिएको तर हरिया सर्पहरूसँग जोगिन नसकिएको साथै माटो नै देशपे्रमीका निम्ति सर्वस्व हो भन्ने भावका आफ्ना दुई कवितांश प्रस्तुत गरे ।कार्यक्रमका सभाध्यक्षसमेत रहेका विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफ्ना विद्यार्थीलाई साहित्यमा रुचि जगाउन र विभिन्न साहित्यिक सृजना गराउन उनीहरू नै सक्षम बनुन् भन्ने उद्देश्यले कार्यशाला  आयोजना गरिएको बताए ।

    प्रमुख प्रशिक्षक, अन्तर्राष्ट्रिय  छन्द दिवसका अभियन्ता तथा प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष साहित्यकार कविराज पौडेल र सहायक प्रशिक्षक छन्दकवि यज्ञलाल सुवेदीले अङ्ग्रेजी भाषाका छन्द, संस्कृत छन्द र नेपाली लोकछन्दमा कविता लेख्ने तरिकाका बारेमा श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुति गरेका थिए । 

    दीप बोर्डिङका कक्षा दुईदेखि १० सम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएको कार्यक्रममा केही बालप्रतिभाले सिकाइएकै छन्द र शैली पछ्याउँदै तत्काल आफ्ना मौलिक कविता लेखेर सुनाएका थिए । विद्यालयका उपप्राचार्यद्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यका साथै प्रलेस रूपन्देहीका सदस्य एवम् सञ्चारकर्मी दीपक न्यौपाने, कलाकार पूर्णबहादुर पौडेल लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार तथा विद्यालयका शिक्षक छवि ज्ञवालीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology