बुटवल,साउन ३२ ।
मौलिकता बोकेर आएको यसपालीको तीज गीत “मै छोरीलाई गाह्रो भो” ले चर्चा बढुल्दै गएको छ । तीज गीतको नाममा बिकृति बढेको भन्दै आलोचना भइरहेको बेला यो गीतले भने मौलिकता र सकारात्मक माहोल बनाएको छ ।
सुवास रेग्मी निर्माता रहेको गीतमा अर्जुन सुवेदीको शब्द रहेको छ भने गीतमा सिमा नेपालीले आवाज छ । खेम पुनको संङ्गीतलाई धेरैले तारिफ गर्नुभएको छ ।
स्मृति तिमिल्सेना (गुरुआमा) ले निर्देशन गर्नुभएको गीतमा निहारिका थापाले अभिनय र मनोज कार्कीले सम्पादन गर्नुभएको छ । गीत सार्वजनिक भएसँगै चर्चित गायक, कलाकार, सञ्चारकर्मीले गीतको खुलेर तारिफ गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)