केशव पराजुली/देवदह,साउन ३१ ।
सामुदायिक बनहरुले उत्पादनमा समेत लगानी बढाउनु पर्ने देवदह ९ का वडा अध्यक्ष मोहन बहादुर जिसीले बताउनु भएको छ ।
रुपन्देहीको देवदह भलुही स्थित जनप्रिय सामुदायिक वनले आयोजना गरेको योजना तर्जुमाका लागि छलफल तथा सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गदै वहाँले उक्त कुरा बताउनु् भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका जिसीले स्वास्थ्य र शिक्षामा वडाले बजेट विनियोजन गरेको भन्दै वडाबाट विनियोजित शिर्षकमा समुहले पनि लगानी गरेमा प्रभावकारी काम हुने बताउनु भयो ।
समुहका कार्यबाहक अध्यक्ष टेक बहादुर वि.कको अध्यक्षता, सुझाव संकलन उपसमिति सदस्य ओम बहादुर अधिकारी र टोप बहादुर थापाको समन्वयमा शनिवार आगामी आर्थिक बर्ष २०८१-८२ का लागि सुझाव संकलन गरिएको हो ।
सोही कार्यक्रममा देवदह सव डिभिजन बन कार्यलयका प्रमुख मुसाफिर भगतले बनको ऐन नियम र परिधी भित्र रहेर धेरै काम गर्न सकिने भन्दै बन विकास भन्दा पनि पूर्वाधार निर्माणमा बढी लाग्नु भन्दा स्थानिय सरकार सँग समन्वय गरेर काम गर्न सुझाव दिनुभयो ।
समुहका कोषाध्यक्ष दुर्गा भुर्तेलको स्वागत तथा सचिव मालिका थापाको संचालनमा भएको कार्यक्रममा भलुही खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष राम प्रसाद सापकोटा, आत्मरक्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जित बहादुर पाईजा, विश्व हिन्दु महासंघका गणेश प्रसाद आचार्य, मुक्त बहादुर पाडे मगर, कृष्ण बहादुर बोहोरा, कल्पना न्यौपाने, धन बहादुर पुँवार, दिपक काफ्ले लगायतले सुझाव राख्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)