Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल बहुमुखीको क्याम्पस प्रमुखमा डा.दुर्गा भुसाल नियुक्त

बुटवल बहुमुखीको क्याम्पस प्रमुखमा डा.दुर्गा भुसाल नियुक्त

  • 1.1K
    SHARES

  • बुटवल बहुमुखीको क्याम्पस प्रमुखमा डा.दुर्गा भुसाल नियुक्त

    बुटवल,साउन ३१ ।

    बुटवल बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी डा. दुर्गा भुसालले पाएका छन् । रिक्त रहेको क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को साउन २८ गतेको निर्णय अनुसार डा. भुसाललाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको उपकुलपति प्रा.डा. केशर जङ्गबरालले बताए । 

    क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले आफ्नो स्वास्थ्यमा समस्या परेकाले क्याम्पस प्रमुख पदमा रही कार्य गर्ननसक्ने भन्दै गत साउन २४ गते राजीनामा दिएका थिए ।
    अर्घाखाँचीको मालारानी गाउँपालिका–५ मा जन्मिएका डा. भुसाल हाल बुटवल उपमहानगरपालिका–१२ मा बस्दैआएका छन् । उनी वि.सं. २०६२ सालदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका छन् । भुसालले घरायसीनिर्णय प्रक्रियामा जेष्ठ नागरिकको आर्थिक स्थितिमा विद्यावारिधी (पीएचडी) गरेका छन् ।IMG_4034.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण ३१ २०८१०८:५५:०४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology