Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाज रूपन्देहीद्वारा घुम्ति शिबिर

गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाज रूपन्देहीद्वारा घुम्ति शिबिर

  • 3.3K
    SHARES

  • गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाज रूपन्देहीद्वारा घुम्ति शिबिर

    बुटवल,साउन ३० ।

    गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाज रूपन्देहीको आयोजनामा तिलोत्तमामा घुम्ति शिबिर सम्पन्न भएको छ ।सत्यवती गांउपालिका ७ वडा कार्यालयको समन्वयमा शिबिर भएको हो । शिबिरबाट यसक्षेत्रमा बसोबास गरिरहेकाहरूले प्रत्यक्ष लाभ लिएका छन् ।

    समाजका अध्यक्ष कृष्णबहादुर थापाले समाजले सामाजिक गतिबिधिसंगै समाजसेवी काम गरिरहेको बताउनुभयो । प्रमुख अतिथी वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले आफ्नो वडाका जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण साथै वडाका सबै सेवा घुम्ति शिबिरमा गरिएको बताउनुभयो । वडाको समन्वयमा समाजले गर्ने सबै कार्यक्रममा सहकार्य रहिरहने बताउनुभयो ।

    कार्यक्रममा संस्थापक अध्यक्ष सुवेदार खडक बहादुर शाही,संरक्षक डा डिबि खत्री,कोषाध्यक्ष ओमप्रकाश भण्डारी,सचिव खेमबहादुर खत्री ,शशिधर भण्डारी,मानव अधिकार तथा शान्ति समाजका सभापति,चिदिपानी तिलोत्तमा समाजका अध्यक्ष
    खिमप्रसाद भट्टराइ कृष्ण लगायतले बोल्दै समाजको सक्रियताले जेष्ठनागरिकलाइ राहत भएको बताएका थिए । सो अवसरमा वडा अध्यक्ष बुढाथोकी र वडा सचिव रोमा  क्षेत्रीलाइ सम्मान गरिएको थियो ।

    शिबिरमा ९५ बर्षका बयोबृद्धहरू गरि करिब ६० जनाले लाभ लिएको वडा सचिव क्षेत्रीले जानकारी दिनुभयो ।gulmi juniya.jpeg

    गुल्मी जुनियाँ चिदीपानी तराई सम्पर्क समाज रूपन्देहीको नवौँ साधारणसभा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology