Logo बिहिवार, आश्विन १ गते २०८३
images

सहमतिका साथ आयोगहरू निर्माण हुनेछन् : प्रधानमन्त्री केपी शर्मा ओली

सहमतिका साथ आयोगहरू निर्माण हुनेछन् : प्रधानमन्त्री केपी शर्मा ओली

  • 795
    SHARES

  • सहमतिका साथ आयोगहरू निर्माण हुनेछन् : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौँ,साउन ३० ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही खुसी र केही स्पष्ट पार्न आफूले संसदमा आज समय मागेको बताए । 

    उनले देशमा रहेको द्वन्द्व नेपालको मौलिकता अनुसार नै दलहरूले प्रयास गरेको र सोही अनुसार अघि बढेको भन्दै शान्ति प्रक्रियाको एक अंश टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको बताए । ‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ ।

    त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’ द्वन्द्वको नीति बोकेका अनेक समूहलाई शान्ति र लोकतन्त्रको राष्ट्रिय मूलधारमा ल्याइसकेको भन्दै उनले अहिले टीआरसीलाई टुंग्याउने प्रयास गरिएको बताए । 

    पीडित मैत्री र सहमतिका साथ टीआरसी विधेयकको दस्ताबेज अघि बढाएको र यो विधेयक आजै प्रतिनिधिसभाले पास गर्ने र केही दिनभित्र राष्ट्रिय सभाले पनि पास गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘यो शान्तिका पक्षधरका लागि खुसीको विषय हो’, उनले भने, ‘ऐन बनिसकेपछि यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौ र आयोगलाई काम गर्न अनुकूल वातावरण बन्नेछ ।’

    लामो समयदेखि अल्झिएको टीआरसी विधेयकमा दलहरूबिच सहमति जुटेपछि मङ्गलवार संसदमा टेबल भएको थियो । आजै उक्त विधेयक पारित गर्ने तयारी छ । दुवै सदनबाट पारित भएपछि ऐन बन्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology