Logo बिहिवार, आश्विन १ गते २०८३
images

छिनभरको वर्षाले बुटवल अमरपथ जलमग्न (भिडियो)

छिनभरको वर्षाले बुटवल अमरपथ जलमग्न (भिडियो)

  • 1.5K
    SHARES

  • छिनभरको वर्षाले बुटवल अमरपथ जलमग्न (भिडियो)

    बुटवल,साउन २९ ।

    मंगलबार दिउसाे छिनभरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।

    लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।

    बुटवलमा केही समय पहिले पनि वर्षाको पानीको निकास नहुँदा पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिका कार्यालय डुबानमा परेका थिए ।

    duban.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology