बुटवल,साउन २८ ।
बुटवल मोवाइल संघ रूपन्देहीको अध्यक्षमा शिवदेव अर्याल चयन भएका छन् ।
सोमबार बुटवलमा भएको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी २ बर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा विकास गौतम, उपाध्यक्षमा दिपेन्द्र पाण्डे ,महासचिवमा शालिकराम क्षेत्री ,कोषाध्यक्षमा भुवन पाण्डे, सचिवमा पुरुषोत्तम खनाल,साथै सह कोषाध्यक्षमा ऋषिराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तैगरि कार्यसमिति सदस्यहरूमा डिएन भण्डारी, मुक्ती न्यौपाने ,रिखी राम (कमल)पौडेल,श्याम बेल्बासे ,कृष्ण आचार्य ,राहुल पन्थी ,भुवन पान्डे ,गोबिन्द ज्ञवाली ,इस्वरी घिमिरे,सन्तोष श्रेष्ठ ,कृष्ण आचार्य,केशव उपाध्याय ,बेदराज अर्याल,निरु अर्याल,नारायण प्रसाद घिमिरे चयन भएका छन् । भने बरिष्ठ सल्लाहकारमा बिष्णुप्रसाद पौडेल र मानार्थ सदस्यमा राजेन्द्र पाण्डे चयन भएका हुन् ।
संघमा २ सय सदस्य रहेका छन् भने ४३ जना आजिवन सदस्य छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)