Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

इन्टलेक्च्युअल एकेडेमीद्वारा सचेतनामूलक गीत सार्वजनिक (भिडियो)

इन्टलेक्च्युअल एकेडेमीद्वारा सचेतनामूलक गीत सार्वजनिक (भिडियो)

  • 1.5K
    SHARES

  • इन्टलेक्च्युअल एकेडेमीद्वारा सचेतनामूलक गीत सार्वजनिक (भिडियो)

    बुटवल,साउन २८ ।

    इन्टलेक्च्युअल एकेडेमी बुटवलले सचेतनामूलक गीत सार्वजनिक गरेको छ ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै संचालक समितिका अध्यक्ष गोविन्द्रप्रसाद मरासीनिले गितले अभिभावकहरुले के के गर्नु पर्छ भन्ने विषयमा स्पष्ट पारेको बताए ।

    यस्तै विद्यालयका संस्थापक अध्यक्ष कृष्ण खरेलले गित तीजको भाका रहेता पनि तीज गित भने नरहेको बताए । पछिल्लो सयमका गीतहरु परिवार सबै सँगै बसेर हेर्न र सुन्न सक्ने खालका नभएको बताउँदै यस्ता गितहरुले विद्यार्थीहरुको मनोविज्ञानमा असर गर्ने बताए।

    विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेलले इन्टलेक्च्युअल १४ वर्ष अघि स्थापना भएको बताउँदै सुरुदेखि नै आफुहरुले फरक कार्य गर्दै आइरहेको बताए । विद्यालय विद्यार्थीहरुलाई किताब धोकाएर मात्रै हुन्छ भन्ने पक्षमा नरहेको बताउँदै उनले आफुहरु व्यवहारिक सिकाईमा पनि विशेष ध्यान दिएर शिक्षण सिकाई क्रियाकलाप गरिरहेको बताए ।

    गीतको परिकल्पना विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेल र माया पौडेलले गरेका हुन् । गितमा स्वर पुष्पा ज्ञावली, माया पौडेल र विना आचार्यको रहेको छ भने गितको शब्द ज्ञवाली, पौडेल र मेघराज पोखरेलले गरेका हुन् । किरियोग्राफर शिक्षिका नबिना पाण्डेले गरेकी हुन् । 

    गीतमा विद्यार्थीहरुलाई पढाइसँगै घरको काम पनि सिकाउनु पर्ने लगायतका विषयबस्तुहरु समेटीएको छ । यस्तै विद्यार्थीहरुले गृहकार्य गर्दा अभिभावक पनिसँगै बस्नु पर्ने र विद्यार्थीले गृहकार्य गर्दा मोवाइल फोनको प्रयोग गर्न नहुने विषयलाई पनि देखाइएको छ ।IAA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology