बुटवल,साउन २८ ।
लायन्स क्लव अफ बुटवल देविनगरले क्लवको प्रथम उपाध्यक्ष कालिका कार्किको आमा (सासु) को दशौ पुन्य तिथिको अवसर पारेर बृद्ध बृद्धा लाई खाना खुवाएको छ ।
सिद्धबाबा दुर्गा भवानि सैजु बृद्धाश्रम फुलबारीमा आज एक कार्यक्रम गरि क्लवको संयोजनमा बृद्धबृद्धालाई खाना खुवाएको हाे । कार्यक्रममा प्रमुख अथिति निबर्तमान डिष्ट्रक गभर्नर अर्जुनमान सैजुले बृद्धहरु लाई खाना खुवाएर क्लवले बास्तविक मानव सेवा गरेको भन्दै क्लवको प्रशंसा गरेका थिए ।
कार्यक्रममा अथितिहरुमा एरिया चारका चिफ कोओर्डिनेटर लायन्स दिपक श्रेष्ठ ,जोन चेयर पर्शन एमजेएफ लायन्स दिपक गौतम,एरिया सचीव अमृता कार्कि साथै क्लबका संस्थापक अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको क्लवकि अध्यक्ष शर्मिला कुँवरले बताइन् ।
आगामी दिनमा पनि क्लबले कुनै पनि सदस्यका आफन्त वा कसैको उपलक्ष्यमा हुने खर्चलाई क्लबको संयोजनमा यस्तै सेवाको काममा लगाउने अध्यक्ष कुँवरले बताइन् । कार्यक्रमको संचालन सचीव अन्जु थापाले गरेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)