Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

थारू समाज बुटवलद्वारा रक्तदान तथा उत्कृष्ट बिद्यार्थिलाइ सम्मान

थारू समाज बुटवलद्वारा रक्तदान तथा उत्कृष्ट बिद्यार्थिलाइ सम्मान

  • 729
    SHARES

  • थारू समाज बुटवलद्वारा रक्तदान तथा उत्कृष्ट बिद्यार्थिलाइ सम्मान

    बुटवल,साउन २७।

    थारू समाज बुटवलले रक्तदान तथा उत्कृष्ट बिद्यार्थिलाइ सम्मान गरेको छ। नगर अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।

    बुटवल ११ प्रगतिनगरमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पुष्पा चौधरीले थारू समुदाय हरेक कुरामा नेतृत्व लिन तयार हुनुपर्ने बताईन ।  उनले थारू समुदायमा सिकलसेल एनिमियाको सिकार बन्ने गरेको भन्दै गर्वाबस्थाबाटै स्वास्थ्य संवेदनशिलतालाइ ध्यान दिए समस्या न्युनिकरण हुदै जाने बताईन ।

    कार्यक्रममा थारू कल्याणकारी सभा रूपन्देहीका अध्यक्ष कमलनारायण चौधरीले थारू जनसङ्ख्या र भाषाका हिसाबले लुम्बिनी प्रदेशमा सबैभन्दा अगाडि रहेको बताए। सो अवसरमा एसइइ तथा कक्षा १२ मा उत्कृष्ट अंकका साथमा उत्तिर्ण भएका बिद्यार्थिलाइ प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा समाजसेवी जितबहादुर मल्ल,कमल थारू,राममिलन थारू,थारू समाज बुटवल नगरका दिग्बिजय थारू लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology