Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नगर विकास कोष सञ्चालक सदस्यमा तिलोत्तमाका मेयर खांण नियुक्त

नगर विकास कोष सञ्चालक सदस्यमा तिलोत्तमाका मेयर खांण नियुक्त

  • 897
    SHARES

  • नगर विकास कोष सञ्चालक सदस्यमा तिलोत्तमाका मेयर खांण नियुक्त

    बुटवल,साउन २७ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण नगर विकास कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्यमा लुम्बिनी प्रदेशबाट खांणलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा लुम्बिनीबाट तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, कोशीबाट  रंगेली नगरपालिका प्रमुख दिलिपकुमार अग्रवाल, मधेस–बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल, बागमती गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, गण्डकीबाट पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङ, कर्णालीबाट पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारी र  सुदूरपश्चिमबाट लम्कीचुहा नगरपालिका प्रमुख सुशिला शाहीलाई मनोनित गरेको छ ।

    यस्तै नगर विकास कोषको रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उपप्रवन्धक प्रा.राजेशकुमार भोछिभोयालाई तोकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology