Logo बिहिवार, आश्विन १ गते २०८३
images

सक्किगोनिका ‘प्रहरी’आचार्यसहित जुवातास खेलिरहेका ११ जना पक्राउ

सक्किगोनिका ‘प्रहरी’आचार्यसहित जुवातास खेलिरहेका ११ जना पक्राउ

  • 1.6K
    SHARES

  • सक्किगोनिका ‘प्रहरी’आचार्यसहित जुवातास खेलिरहेका ११ जना पक्राउ

    काठमाडौं,साउन २७ ।

    काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ ।

    काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology