Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लायन्स/लियो भलवारी सिटीद्वारा निशुल्क आंखा परिक्षण शिबिर

लायन्स/लियो भलवारी सिटीद्वारा निशुल्क आंखा परिक्षण शिबिर

  • 999
    SHARES

  • लायन्स/लियो भलवारी सिटीद्वारा निशुल्क आंखा परिक्षण शिबिर

    बुटवल,साउन २७ ।

    ५३ ओैं नेपाल लायन्स डे का अवसरमा लायन्स क्लव अफ भलवारी सिटि र लियो कल्ब अफ तिलोत्तमा भलवारी सिटिको संयुक्त आयोजनामा निशुल्क आंखा परिक्षण शिबिर भएको छ  ।माया देवी आई केयर तिलोत्तमा-७ भलवारीको टेक्निकल सहयोगमा तिलोत्तमा-१६ अवस्थित लिटिल स्टार मा.वि का ६४७ जना विद्यार्थीहरूको निशुल्क आँखा परिक्षण भएको क्लवले जनाएको छ ।

    क्लवका निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक एफडब्लु सि प्रोग्राम मेम्बर दुर्गा खाम्चा थापाले र सुरज पौडेलले  संयोजन गर्नु भएको थियो ।
    कार्यक्रमको अध्यक्षता  माया देवी थापा र संजोक ज्ञवालीले गर्नु भएको थियो ।प्रमुख अतिथी पास्ट डिस्ट्रिक गभर्नर तथा मल्टिपल मार्केटिङ चियरपर्सन अरूण प्रताप राणाले कल्बले गर्ने विभिन्न सेवाहरूबारे प्रकाश पार्दै यस कल्बले गरिरहेको गतिविधिको प्रसंशा गर्दै यस कल्बले भविष्यमा अझै सेवाका हातहरू बढाउँदै जाउन भन्दै शुभकामना दिनु भएको थियो ।

     कार्यक्रममा डिस्ट्रिक चिफ तथा एक्सटेन्सन चियरपर्सन डिबि थापा District Secretariat  Advisor तथा  यसैकल्बका गाइडिङ लायन बिनोद खरेल, कलबका Charter President Area 5 Treasurer श्रवण कुमार थापा खाम्चा , जोन चियरपर्सन अरूण पन्थी को उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण २७ २०८१०९:३१:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology