Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

खुट्टाले लेखेर एसइई उत्तिर्ण गुल्मीका ऋषिलाई सांसद चन्द्र र सुनिलको ल्यापटप उपहार

खुट्टाले लेखेर एसइई उत्तिर्ण गुल्मीका ऋषिलाई सांसद चन्द्र र सुनिलको ल्यापटप उपहार

  • 1.4K
    SHARES

  • खुट्टाले लेखेर एसइई उत्तिर्ण गुल्मीका ऋषिलाई सांसद चन्द्र र सुनिलको ल्यापटप उपहार

    बुटवल,साउन २६ ।

    गुल्मीका ऋषिराम कंडेललाई संघिय सांसद चन्द्र भण्डारी र शुनिल शर्माले ल्यापटप उपहार पठाउनुभएको छ । छत्रकोट गाउँपालिका वडा नं ४ निवासी रिषीराम कंडेललाई भण्डारी र शर्माले पठाएको ल्यापटप शुक्रवार हस्तान्तरण गरिएको छ । 

    रिषीले गत वर्षको एसइई परिक्षामा खुट्टाका २ औंला मात्रले लेखेर ३.३७ जिपिए ल्याएर उत्तिर्ण भएका थिए । आफ्नो निर्वाचन क्षेत्रका अभुतपुर्व क्षमता भएका बालकको मनोवल उच्च राख्न र यस्ता क्षमता भएका बालक केवल एक परिवारको मात्र नभई सिंगो राष्ट्रको गहना हुन भन्ने संदेश दिन उनको तत्कालको आवस्यकता भएको ल्यापटप उपहार पठाएको सांसद भण्डारीले बताउनुभयो । 

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका भण्डारीले स्वास्थ्यका कारण आफु भेटन आउन नपाएको र अव गुल्मी आउँदा रिषीलाई भेट्ने समेत बताउनुभयो । ल्यापटप हस्तान्तरण गर्न नेपाली कांग्रेस छत्रकोटका सभापती धातानन्द भुसाल, रिषीले अध्ययन गरेको श्रृगां जनता माध्यमिक बिद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेल, वडा सभापती भेषराज कंडेल, समाजसेवी शंकर टण्डन, सावित्रा टण्डन, पत्रकार भुवन भुसाल, बिधान कंडेल लगायत रिषीको घरमा पुग्नुभएको थियो ।IMG_3741.jpeg

    ल्यापटप पाएपछी रिषीले यो सहयोग आफ्ना लागी असाध्यै महत्वपुर्ण रहेको भन्दै सांसद भण्डारी र शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो । रिषीका बुवा लक्ष्मण कंडेलले छोरालाई उपहार पठाएर सांसद भण्डारी र शर्माले ठुलो गुन लगाएको वताउँदै आभार व्यक्त गर्नुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २६ २०८१०९:२३:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology