Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन,अध्यक्षमा गौडेल

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन,अध्यक्षमा गौडेल

  • 1.4K
    SHARES

  • राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन,अध्यक्षमा गौडेल

    बुटवल,साउन २६ ।

    लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ। शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समितिगठन भएको हो । जसको उपाध्यक्ष सुशील पाण्डे, सचिव नारायण पोख्रेल, सह–सचिब आषिका पोख्रेल, कोषाध्यक्षसन्तोष पाण्डे, सदस्यहरुमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, बिकास पन्थी, अनिष बिक्रम सेञ्चुरी, माधव बञ्जाडे, सुनिल चौधरी, योगेश ढकाल रहेका छन ।

    कार्यक्रममा नवनिर्वाचित प्रदेशका अध्यक्ष गणेश गौडेलले परामर्शदाताहरुलाई एकतावद्घ गर्दै संस्थागत रुपमाब्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए । केहि परामर्शदाताका कारण समग्र पेशा ब्यवसायमा आएको चुनौतीलाईचिर्ने गरि काम गर्ने उनले बताए ।

    कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप—सचिव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दैसंस्थागत एकता र अधिकारी प्राप्तीमा लाग्न सुझाव दिए ।

    कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुर्य पोखरेलले विशुद्घ परामर्शदाताहरुको हकहितमा काम गर्ने संस्थाको रुपमापहिचान बनाएको दाबी गरे । सदस्यहरुलाई नियमित तालिम र अभिमुखिकरणलाई जोड दिदै सहि परामर्श दिनप्रोत्साहन गर्दै आएको उनले बताए । संस्था विगतबाट नै सरकार र सरोकारवाला निकायसंग सहकार्य गर्ने हुदा पनि सधैविश्वसनिय काम गर्ने उनले बताए ।

    कार्यक्रममा नेका केन्द्रिय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रिय महासचिव दिपक कोईराला, लुम्बिनी प्रदेश सामाजिकविकास मन्त्रालयका अधिकृत विष्णुप्रसाद भुषाल, पुर्व क्रिकेटर शक्ति गौचन, नारायण पौडेल, बिकास भण्डारी , स्वगत मन्तव्य नारायण पोख्रेल लगायतले राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २६ २०८१०४:५५:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology