Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा छाडा सांढेको जुधाईमा परेर घाईते सीताको अस्पतालमा मृत्यु

बुटवलमा छाडा सांढेको जुधाईमा परेर घाईते सीताको अस्पतालमा मृत्यु

  • 1.2K
    SHARES

  • बुटवलमा छाडा सांढेको जुधाईमा परेर घाईते सीताको अस्पतालमा मृत्यु

    बुटवल,साउन२६ ।

    छाडा साँढेले हान्दा बुटवलमा एक महिलाको मृत्यु भएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। 

    गुल्मीको रेसुंगा नगरपालिका-४ तम्घास घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्क दुर्गामन्दिरस्थितबाटोमा पैदल हिडिरहेकी उनलाई साँढेले हानेर गम्भीर घाइते भएकी थिइन्।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता तथा डिएसपी मनाेहर भट्टका अनुसार साउन २० गते डेरी पसलमा दूध लिनजाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन्। 

    उनको टाउकोमा भित्री चोट लागेको थियो ।दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेलेकुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 

    उपचारका क्रममा शनिबार राती ७:५० बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गोलपार्कमाभाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २६ २०८११२:३३:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology