बुटवल,साउन २६ ।
इनरह्वील क्लव अफ मिडटाउन बुटवलले रचनात्मक कार्यक्रमहरु गरेको छ । क्लवका वर्ष २०२४-२५ का लागि नवनिर्वाचित अध्यक्ष राधिका देवी रिजालको पहिलो कार्यक्रम अन्तरगत एकैदिन ४ वटा कार्यक्रम भएका हुन् ।
रुपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा करिब १५० जना ज्येष्ठ नागरिकलाई भोजन ,वृक्षरोपण ,फेलोसीप र तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको हो ।
अध्यक्ष रिजालले पहिलोकार्यक्रम सफल भएको र नियमित रुपमा सामाजिक कामहरु पनि गर्दै जाने बताइन् । कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० का डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले नाग पञ्चमीको पवित्र दिनमा ज्येष्ठ नागरिकको सम्मानस्वरूप यो महत्त्वपूर्ण काम गरेकामा खुसी व्यक्त गरिन् ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले क्लबको जस्तो नाम त्यस्तै काम भएको ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै यसरी काम गरेकोमा आभार व्यक्त गरे । उनले घरमा एक्लै भएका ज्येष्ठ नागरिकहरूको मन बहलाउन यो केन्द्र बनाइएको बताए ।
कार्यक्रम अध्यक्ष राधिका देवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुशीला पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी डेरीबाट दुधको सौजन्य गरिएको कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सरला भण्डारीले बताइन् । साथै अध्यक्ष राधिका रिजालले फूलका बिरुवा सौजन्य गरेको भण्डारीले जानकारी दिइन् । कार्यक्रममा फलफूलका बिरूवा (बेलौती,आंप,कागती,एभोगाडो,स्वामी,)संयोजक सरला भण्डारीले सौजन्य गरेकी थिईन् भने ७० वटा स्नेक प्लान्टका बिरूवा भने अध्यक्ष रिजालले नै गरेकी थिईन ।
कार्यक्रममा इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष सम्झना ज्ञवाली संस्थापक सल्लाहकार ओमी पुनलगायतको उपस्थिति रहेको थियो । स्वार्थभन्दा माथि सेवाभाव भन्ने उद्धेदेश्यले विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)