Logo बिहिवार, आश्विन १ गते २०८३
images

आम्दाको प्रशासनिक भवनलाई कांग्रेस नेता स्व. प्रधानको नामकरणमा राख्ने निर्णयप्रति एमालेको आपत्ति

आम्दाको प्रशासनिक भवनलाई कांग्रेस नेता स्व. प्रधानको नामकरणमा राख्ने निर्णयप्रति एमालेको आपत्ति

  • 873
    SHARES

  • आम्दाको प्रशासनिक भवनलाई कांग्रेस नेता स्व. प्रधानको नामकरणमा राख्ने निर्णयप्रति एमालेको आपत्ति

    बुटवल,साउन २६।

    बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले  विरोध जनाएको छ  । एमाले बुटवल नगरका अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी  नेताको नाममा  नामकरण गर्ने  निर्णयको विरोध जनाएका हुन् । 

    हालै बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेस गरी निर्णय गराएका थिए ।

    पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पदेन अध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था रहेको छ ।

    २०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो।e_ETAZ7ld65i.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology