Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेविसंघको आन्दोलन चर्किएपछि बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

नेविसंघको आन्दोलन चर्किएपछि बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

  • 2.6K
    SHARES

  • नेविसंघको आन्दोलन चर्किएपछि बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

    बुटवल,साउन २४ |

    नेपाल विद्यार्थी संघको आन्दोलनका कारण बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले राजीनामा दिएका छन् । उनले आज उपकुलपति समक्ष राजिनामा पेस गरेका हुन् ।

    नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबार देखी विद्यार्थी संगठन बिच भएको विवादका  कारण बुधबार निर्दोष विद्यार्थीमाथि प्रहरीद्वारा भएको अस्वभाविक  लाठी चार्जप्रती आपत्ति जनाउँदै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम  राखी ५ बजे सम्म सम्पर्क गर्दा पनि क्याम्पस प्रमुख  उपस्थित नभएपछि तालाबन्दी गरेको थियो ।

    तालबन्दी पश्चात् इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित सहित प्रहरीले तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो ।

    बुधबार लाठी चार्ज गरेको प्रहरीले विहिबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजिनामा पेस गरेपछि नेविसंघले आफैं तालाबन्दी खोलेको थियो । 

    बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए । त्यसपश्चात क्याम्पस प्रमुख सँग ज्ञापन बुझाउन भन्दै योजना बनाएको नेविसंघले अन्ततः तालाबन्दी गरि क्याम्पस प्रमुखको राजिनामा पेस गराएको छ ।

    विहिबार गरेको नेविसंघको आन्दोलनमा नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्यहरु प्रदिप घर्तिमगर, विष्णु खनाल, प्रेम परियार, विकास पाण्डे, सागर पौडेल, नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेताहरु सुमन गुरुङ, कृष्ण खनाल, नारायण घिमिरे भावुक, प्रयास आचार्य, विपिन्द्र पाण्डे, कृष्ण श्रेष्ठ, नारायण पाण्डे, सन्देश पोख्रेल, श्रीधर ज्ञवाली , सागर पन्थी, सुरज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology