Logo बिहिवार, आश्विन १ गते २०८३
images

इएफएल कप फुटबल : फाइनलमा म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने

इएफएल कप फुटबल : फाइनलमा म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने

  • 2.4K
    SHARES

  • इएफएल कप फुटबल : फाइनलमा म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने

    बुटवल, पुस २३ । 

    इएफएल कप फुटबलको फाइनलमा म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने भएका छन्। बुधबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा टोटेनहमसँगको भेट पक्का गरेको हो।

    वल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा युनाइटेडविरुद्ध सिटीले जित निकाल्ने क्रममा जोहन स्टोन्स र फेर्नान्डिन्होले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो।

    खेलको ५० औं मिनेटमा जोहनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ८३ औं मिनेटमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए।

    इएफएल कप फुटबलको फाइइनल २०२१ को अप्रिल २५ तारिखमा हुनेछ। यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, पौष २३ २०७७०८:५७:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology