Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाललाई द्वन्द्वमा फस्न दिँदैनौं: प्रधानमन्त्री केपी शर्मा ओली

नेपाललाई द्वन्द्वमा फस्न दिँदैनौं: प्रधानमन्त्री केपी शर्मा ओली

  • 864
    SHARES

  • नेपाललाई द्वन्द्वमा फस्न दिँदैनौं: प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं, साउन २३ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले  कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए।विधिको शासनभन्दा पर जान नसक्ने पनि उनले बताए।

    उनले अहिले लोकतान्त्रिक बाटो खुला रहेको पनि बताए। लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ।‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् त्यसमा हामी सजग छौँ। कुनैपनि प्रकारको द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन। यस्तो कुराहरु देशको हितमा हुँदैन। हामी विधिको शासन भन्दा पर जान सक्दैनौं,’ उनले भने।

    प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए।संघीयताको प्रभावकारी कार्यान्वयन गर्न कमी कमजोरी हटाइने उनले बताए।

    (न्युज एजेन्सी नेपाल)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology