Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

झरना स्पोर्ट्स क्लबमा पौडेलको अध्यक्षतामा नया कार्यसमिति

झरना स्पोर्ट्स क्लबमा पौडेलको अध्यक्षतामा नया कार्यसमिति

  • 861
    SHARES

  • झरना स्पोर्ट्स  क्लबमा पौडेलको अध्यक्षतामा नया कार्यसमिति

    तिलोत्तमा, साउन २३ ।

     झरना स्पोर्ट्स  क्लब को ३१ औ अधिबेशन बाट  धनेन्द्र पौडेल को अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । नयाँ कार्यसमितिलाइ बुधबार एक कार्यक्रम का बिच पुरानो कार्यसमितिले पद हस्तान्तरण  गरेको हो ।

    उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा न ६ का अध्यक्ष  गणेश  पाठकले ऐतिहासिक  र गरिमा बोकेको झरना स्पोर्ट्स  क्लब ले प्रत्येक  बर्ष  गराउने फुटबल प्रतियोगिताले सिङ्गो  तिलोत्तमालाइ नै देश भर चिनाएकाले उक्त खेल लाई  थप बिस्तारित गर्दै लैजान सुझाब दिए ।

    उनले क्लब ले खेल मात्र नभै सामाजिक काम मा समेत तदारुकता देखाउने र कुन्जालापुर गाउँलाई  नै परिचित गराएकाले यो साख जोगाइराख्न जरुरी रहेको बताए । खेल खेलाउन र क्लबलाइ अगाडि  बढाउन आवश्यक  सहयोग गर्न आफू प्रतिबद्ध  रहेको उनले बताए ।
    त्यस्तै नव निर्वाचित अध्यक्ष  धनेन्द्र पौडेल  ले आफुलाइ बिश्वास  गरि दिइएको जिम्मेवारी भरपुर निर्वाह गर्ने जनाए । क्लब को उपाध्यक्ष  मा नगेन्द्र छन्तेल, सचिब मा मोहन सिंह  राना, सह सचिब मा गोपाल गलामी, काेषाध्यक्ष मा निर्मल थापा , सह कोसाध्यक्ष मा किशोर पौडेल  च्यन भएका छन ।

    साथै सदस्य मा ज्ञान बहादुर भणडारी, ठाकुर अधिकारी, नन्दलाल चौधरी , सुदर्शन गुरुङ,  कमल थापा, नितु थापा, सरिता थापा रहेको निर्वाचन आयोगका सम्योजक छत्र बहादुर दर्लामी मगरले जानकारी दिए ।

    त्यस्तै नया कार्यसमितिले मनोनयन गरेका अन्य सदस्य सहित हालको कार्यसमितिमा २३ सदस्य रहेका छन । क्लब को संरक्षक  मा रुपन्देही  जिल्ला फुटबल संघ  का अध्यक्ष लोक पुन रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण २३ २०८१०१:४९:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology