Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अर्घाखाँची धारापानीका अग्निपीडितलाई सहयोग रकम हस्तान्तरण

अर्घाखाँची धारापानीका अग्निपीडितलाई सहयोग रकम हस्तान्तरण

  • 756
    SHARES

  • अर्घाखाँची धारापानीका अग्निपीडितलाई सहयोग रकम हस्तान्तरण

    अर्घाखाँची,साउन २२ ।

    अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
    वडास्तरिय अग्निपीडित सहयोग समितिको कोषमा
    विभिन्न सहयोगीदाताहरुबाट सङ्कलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ रकम सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्धारा हस्तान्तरण गरिएको हो।

    उक्त सहयोग रकम मध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार ५ सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ प्रसाद भुसाललाई  ५० हजार, गंग बहादुर वि.क.लाई ४५ हजार, नरिश्वर भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ ।
    यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घ.म., टिका भुसाल, रामु भुसाल, राजु भुसाल, डोल प्रसाद भुसाल र सिता वि.क.ले क्रमश ३० हजारका दरले राहत प्राप्त गर्नुभएको छ।
    त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा वि.क. २० हजार, शान्ता परियार १९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको छ । 
    यस्तै पदम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ । 
    त्यस्तै भुपलाल भुसाललाई ७ हजार, शिवलाल भुसाल र पूर्ण बहादुर वि.क.लाई ५-५ हजार रुपैंया हस्तान्तरण
    गरिएको वडाध्यक्ष एवम् राहत संकलन-बितरण समितिका संयोजक कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ ।

    राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरि पूर्व तयारी गर्नु आजको आवस्यकता रहेको बताउनुभएको छ । त्यसको लागि आगामी हिउँदको याममा सामुदायिक वन र सरोकारवालासंग समन्वय गरि वनपाखामा रहेका पात-पतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई छ ।
     झाडी सफाई गर्दा निस्कने घुस्हनलाई डम्पिङ्ग गरि मल बनाउने र उक्त मल पालिकाको बाँझो जग्गामा खेती गर्ने अभियानमा प्रयोग गर्ने नगर प्रमुख थापाले योजना सुनाउनुभएको छ ।

    गत चैत र बैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उहाँले बिपत्तिमा सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभएको छ । वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, स्थानिय शिक्षक विरेन्द्र पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न राहत बितरण तथा कोषको सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी. र राहत संकलन समितिका सदस्य नारायण प्रसाद भुसालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले गत आर्थिक बर्षमा अर्घाखाँचीकै ठुलो बिपद्बाट भूमिकास्थानले सामना गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिनुभएको छ ।

    समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको वडाअध्यक्ष बन्जाडेको भनाइ छ । 
    राहत बितरण कार्यक्रममा स्थानिय राजनितिक दल, प्रहरी, पत्रकार, सामाजिक अगुवा, अग्नी पिडित र उनिहरुका आफन्तहरुको सहभागिता
    रहेको थियो ।

    गत बैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा धारापानीका २९ घर परिवार कुनै कुनै रुपमा प्रभावित भएका थिए ।98bb8a3b-bb09-4fff-8ec9-9f82f9f7f754.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण २२ २०८११२:३१:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology