Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार महिलाका लागि बुटवलमा स्टोरी लेखन कार्यशाला

पत्रकार महिलाका लागि बुटवलमा स्टोरी लेखन कार्यशाला

  • 987
    SHARES

  • पत्रकार महिलाका लागि बुटवलमा स्टोरी लेखन कार्यशाला

    बुटवल,साउन २१ ।

    संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला  बुटवलमा  शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो । 

    सोमबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको पहिलो दिन लैगिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो छ । जसमा प्रदेश र स्थानिय तहमा रहेका लैंगिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो ।

    कार्यशालामा बोल्दै  संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताइन् ।

    उनले समाचारका स्रोत धेरै भए पनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउदै समाचारलाई गुणस्तरिय र पठनयोग्य बनाउन अध्ययन जरुरी भएको रहेको जनाइन् । कार्यशालामा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताइन् ।

    उनले सबै क्षेत्रलाई सबैले आफनो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचर बन्न सक्ने बताइन् । 
    कार्यशालमा रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीका १५ पत्रकार महिलाको सहभागिता रहेको छ ।

    युएसएआइडी नागरीक समाज र सञ्चार कार्यक्रम अन्तरगत संचारिका समुह नेपालले कार्यशाला आयोजना गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण २१ २०८१०८:३६:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology